काठमाडौँ — एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए ।
पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो ।
त्यसैगरी उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, नरेश न्यौपाने रहेका छन् ।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन् ।
