सेती दोभान बस दुर्घटना : २५ जना घाइते, दुईको अवस्था गम्भीर

माघ २७, २०८१

रमेशकुमार पौडेल

Seti Dobhan bus accident: 25 injured, two in critical condition

चितवन — नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या २५ पुगेको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार बसमा ३० यात्रु थिए । दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ । पाँच जना यात्रु सकुशल छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । तर उनीहरू पनि बोल्न थालेका छन् ।

अन्यमध्ये १३ जनाको अवस्था सामान्य छ । घाइतेमध्ये १० महिला र १५ पुरुष छन् । 

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा सडकबाट खोल्सीमा खसेको थियो । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully