'नो केबलकार समूह' र सरकारी वार्ता टोलीबीचको बैठक बिनानिष्कर्ष टुंगियो             

माघ २७, २०८१

आनन्द गौतम

The meeting between the 'No Cable Car Group' and the government's negotiating team ended without a conclusion

ताप्लेजुङ — 'नो केबलकार समूह' र सरकारी वार्ता  टोलीको आइतबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । तथापि सरकारी वार्ता टोलीले केही समयपछि विज्ञप्ति प्रकाशित गर्ने जनाएको छ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति प्रकाशित गर्ने जनाएका छन्। आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले भने पौने घण्टा बसेको बैठक बिनानिष्कर्ष सकिएको बताए । 'हामीले ६ बुँदे सहमति किन कार्यान्वयन भएन भन्यौँ । उहाँले मैले भनेकै हो तर मानेनन् भन्नुभयो ।  त्यसो भए तपाईँहरूसँग किन वार्ता गर्ने भन्यौं । त्यसपछि टुंगियो,' उनले भने ।

वार्ता टोली सदस्य  सरु सिंघकले आफूहरू पनि सरकारी पक्षको खबरको प्रतीक्षामा रहेको बताइन् । आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गरेका छन् ।  वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully