नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइतेको उद्धार

माघ २७, २०८१

रमेशकुमार पौडेल

Bus accident going from Nepalgunj to Kathmandu, rescue of 15 injured

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सडकदेखि तल खोल्सामा खसेको छ ।

 चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पौने पाँच बजेतिर नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा पुलबाट १५/२० मिटर तल खोल्सामा खसेको हो ।

बसमा २९ जना यात्रु रहेको विवरण प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । १५ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुरका अस्पताल लगिएको छ । उद्घार कार्य जारी नै छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक केसीले बताए । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully