खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा शनिबार बिहान अकस्मात् आगो देखिएको थियो । प्रहरीले मन्त्रालयका दुई कार्यालय सहयाेगीलाई * नियन्त्रणमा लिएको छ ।

माघ २६, २०८१

कान्तिपुर संवाददाता

The fire at the Ministry of Water Supply was extinguished

काठमाडौँ — खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको थियो । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

'खानेपानी मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसक्यो । केही कागजातहरू पनि जलेको देखिएको छ,' उनले भने ।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई  नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए । 

*सच्याईएकाे

The fire at the Ministry of Water Supply was extinguished

कान्तिपुर

Link copied successfully