आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग ‘एक्सन रुम’बाट छलफल गर्दै प्रधानमन्त्री

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Today, the Prime Minister is discussing with the Chief Ministers of all the seven provinces from the 'Action Room'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा  सडक निर्माण भइरहेको भिडियो राखेर उनले  विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट  छलफल गर्न लागेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिएका छन् ।

' शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने ।  विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ,' प्रधानमन्त्रीले लेखेका छन्, 'पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।' 

कान्तिपुर

Link copied successfully