२०८४ मा एकल बहुमतको सरकार बनाउने हो : अध्यक्ष दाहाल

माघ २५, २०८१

ज्योती श्रेष्ठ

A single majority government will be formed in 2084: President Dahal

काभ्रे — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेल आयोजितराजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने बताएका हुन् । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने दाबी पनि गरे । 

२०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने दाबीसहित उनले भने, ‘पहिलो पार्टी बनाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ, सबै मिलेर पहिलो पार्टी बनाउनुपर्छ ।’  एकताबद्ध ढङ्गले अघि बढेमा जित सुनिश्चत भएको उनले दाबी गरे । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully