कैलालीमा आमाछोरी मृत भेटिए

माघ २५, २०८१

अर्जुन शाह

Mother and daughter found dead in Kailali

धनगढी — कैलालीमा घरभित्र आमाछोरी मृत फेला परेका छन् । गोदावरी नगरपालिका–११ की २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ ७ बजेतिर घरमै मृत फेला परेका हुन् ।

अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनीहरु दुवै जनाको मृत्युको कारण खुलेको छैन । 

मिराका श्रीमान् र ससुरा मजदुरीका लागि भारतमा छन् । घरमा सासू, १२/२३ वर्षका देवर मात्र छन् । 

दुवै जनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully