मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ : एमाले सांसद पन्त

माघ २४, २०८१

कान्तिपुर संवाददाता

An ordinance has come to shape the future of the country: UML MP Pant

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउने अध्यादेश सरकारले ल्याएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले देश निर्माण गर्नका लागि ६ वटा अध्यादेश ल्याएको बताए ।

अध्यादेशहरू देश र जनतको हितमा रहेको पनि पन्तको भनाइ थियो । 'मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ । अध्यादेश देश र जनताको हितमा छ ।'

विगतमा थिलथिलो बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको पनि सांसद पन्तको भनाइ थियो । उनले भने, 'सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।'

६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने सांसद पन्तको भनाइ थियो । '६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रस्ताव अगाडि सारिएको छ । तर ती संशोधन गरिएका दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ ?,' उनले भने ।

कान्तिपुर

Link copied successfully