चितवन अदालतमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहसको तयारी

माघ २३, २०८१

रमेशकुमार पौडेल

Ravi Lamichhane's statement in the Chitwan court is over, preparation for the custodial debate

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान सकिएको छ । बयान सकिएर थुनछेक बहसको तयारी सुरू भएको  चितवन जिल्ला अदालतका सुचना अधिकारी अमृत विश्वमर्माले बताए ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा मंगलबार मुद्दा दायर भएसँगै  लामिछाने  आज बुधबार चितवन जिल्ला हाजिर भएपछि मध्याह्नबाट उनको बयान सुरु भएको थियो  । लामिछानेको मुद्दा  जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेस भएको छ । 

सूचना अधिकारी विकले प्रतिवादी लामिछानेको तर्फबाट बहस गर्न एक जना वरिष्ठ अधिवक्तासहित ६ जना र सहकारी पीडित जाहेरवालाका तर्फबाट बहस गर्न एक जना वरिष्ठ अधिवक्तासहित चारजना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको जानकारी दिए । मुद्दाको वादी जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलले पनि बहस गर्ने छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully