माओवादीले फेर्‍यो मधेश र वाग्मती इन्चार्ज

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Maoist took charge of Madhesh and Wagmati

काठमाडौँ — माओवादी केन्द्रको मधेश र वाग्मती प्रदेशको इन्चार्ज परिवर्तन गरेको छ । मधेश इन्चार्जमा मात्रिका यादव र वाग्मतीमा हितमान शाक्यलाई तोकेको छ ।

केन्द्रीय पदाधिकारी बैठकले मधेश इन्चार्जमा लीलामणि पोखरेललाई केन्द्रीय सम्पर्क र समन्वयको जिम्मा दिएको छ । यसअघि वाग्मतीको इन्चार्जमा उपाध्यक्ष एबं अग्निप्रसाद सापकोटा थिए ।

अरु प्रदेशमा भने नेताहरुको जिम्मेवारी पुरानै कायम राखिएको छ । माओवादीको मधेश प्रदेशमा मात्रिका पक्ष र उपमहासचिब गिरिराजमणि पोखरेलबीच विवादका कारण समस्या हुँदै आएको थियो । लामो छलफलपछि यादबलाई मधेश इन्चार्ज बनाएको एक नेताले बताए । यद्यपी पोखरेल पक्षले असन्तुष्ट रहेको उनको भनाइ छ ।

नेताहरु हरिबोल गजुरेल कोशी, दीनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल सुदूरपश्चिम, जयपुरी घर्ती विशेष प्रदेश, लक्ष्मण फन्त सार्क प्रवास,  राम कार्की युरोप–अमेरिका र ओम शर्मा एसिया इन्चार्ज छन् ।

कान्तिपुर

Link copied successfully