नियत र प्रक्रियाका हिसाबले अध्यादेश गलत छन्, तत्काल फिर्ता लिनुपर्छ : सांसद शर्मा

माघ २०, २०८१

कान्तिपुर संवाददाता

In terms of intent and procedure, the ordinance is wrong, it should be withdrawn immediately: MP Sharma

काठमाडौँ — राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् ।  

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद शर्माले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् । अध्यादेश सकारात्मक रहेको भए पनि सकारात्मकताभित्र खतरनाक कुरा समावेश गरिएको उनको भनाइ थियो ।

‘यो अध्यादेशहरू भित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन्,' उनले भने, 'भूमि सम्बन्धीको कुरा सुकुम्बासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्बासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको पनि बताए ।

कान्तिपुर

Link copied successfully