सत्ताको नाउँमा प्वाल पार्ने स्थितिको बन्ध्याकरण : प्रधानमन्त्री ओली

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Sterilization of the position to make a hole in the name of power: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि दायाँबायाँ गरिरहने प्रवृत्तिको अन्त्य भएको बताएका छन् । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै सरकार बदलिइरहने अवस्थाको अन्त्य भएको बताए ।

आफू प्रधानमन्त्री भएको ६ महिनामा संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको यो सुखद पक्ष भएको बताए ।

‘सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगामा चलाउने र मुलुक एवं जनतालाई तिस्कार गर्दै सत्ताको पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको छ,’ उनले भने, ‘संसद्‍बाट बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौ ।’

कान्तिपुर

Link copied successfully