जनताको विश्वास आर्जन गर्ने कुरामा के पक्ष, के प्रतिपक्ष : अध्यक्ष राई

माघ १८, २०८१

कान्तिपुर संवाददाता

When it comes to gaining people's trust, what is the side, what is the opposition: President Rai

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राईले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

अध्यक्ष राईले यसमा प्रतिपक्ष र पक्ष नभनी जिम्मेवार हुनुपर्ने बताए । ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ । जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ । त्यसमा के पक्ष, के प्रतिपक्ष ? हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ । यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन,’ उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully