निराशालाई आशामा बदलौँ : सांसद यादव

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Let's turn despair into hope: MP Yadav

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आज आफ्नो दलका तर्फबाट धारणा राख्दै सांसद यादवले नियमित रूपमा भए गरेका कामलाई उपलब्धि देखाएर सरकारले छुट नपाउने बताए ।

अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका तर्फबाट आज संसद् धारणा राखेको उल्लेख गर्दै उनले तदअनुरुपको काम गर्न आग्रह गरे ।

पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवादका विषयलाई लिएर स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सिर्जनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरे । 

कान्तिपुर

Link copied successfully