अध्ययन स्कुलमा ह्याकाथन प्रतियोगिता

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Hackathon competition in study school

काठमाडौँ — अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू भएको छ । प्रतियोगिता अध्ययन स्कुल र लिपफ्रग टेक्नोलोजीजको संयुक्त आयोजना तथा कोड फर नेपाल, भेदा र अन्य संघसंस्थाको सहयोगमा गरिएको हो ।

प्रतियोगितामा ३३ विद्यालयका, ४७ टिमबाट २ सय ३५ विधार्थीको सहभागिता छ । अध्ययन स्कुलले प्रतियोगीतामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने मात्र नभइ विज्ञान र प्रविधिको उपयोग गर्दै सञ्चार, समस्या समाधान, सहकार्य, नेतृत्व विकास र सहयोग लगायतका सीप सिक्ने जनाएको छ ।

प्रजातन्त्र दिवसका दिन समापन हुने कार्यक्रममा विजेता तीन टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully