अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा, महासचिवमा मगर विजयी

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Sapkota as the president of All Revolutionaries, Magar won as the general secretary

काठमाडौँ — अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटाले ६ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी हेमन्त राईले ६१५ मत ल्याए । त्यस्तै उपदेशकुमार यादवले ३१० मत ल्याउँदा सुदिन पौडेलले १९२ मत ल्याएका छन् । 

त्यस्तै महासचिवमा भने रोशन थापा मगर विजयी भएका छन् । अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान छ ।

नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यहीअनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । 

यस्तो छ निर्वाचित पदाधिकारीको टिम

अध्यक्षः विजयप्रकाश सापकोटा

उपाध्यक्षः अटल आचार्य

उपाध्यक्षः मदन ढकाल

उपाध्यक्षः विराज थापा

उपाध्यक्षः दीपा जैशी

उपाध्यक्षः ममता अधिकारी

उपाध्यक्षः सन्दीप पुन

उपाध्यक्षः कृष्णबहादुर सुनार

उपाध्यक्षः अभिमन्यु यादव

उपाध्यक्षः उमेश कंडेल

महासचिवः रोशन थापामगर

उपमहासचिवः विपिन पोखरेल

उपमहासचिवः गजेन्द्र यादव

उपमहासचिवः निर्मला गौतम

उपमहासचिवः भगवान बास्तोला

उपमहासचिवः रेशम अधिकारी

उपमहासचिवः प्रकाश अधिकारी

उपमहासचिवः रामचन्द्र भट्ट

उपमहासचिवः निरोज श्रेष्ठ

उपमहासचिवः जटिल कार्की

सचिवः प्रेम जैशी

सचिवः वीरेन्द्र जिसी

सचिवः शिशिर बस्याल

सचिवः सम्झना राई 

सचिवः तिर्सना आलेमगर

सचिवः सम्कृति पुन

सचिवः आर्टिस्ट मोक्तान 

सचिवः आशा उपरकोटी 

सचिवः अमर मण्डल

सचिवः जीतेन्द्र भण्डारी

सचिवः युन्छो हाङ्ग मावो

कोषाध्यक्षः फूलमाया रानामगर

कान्तिपुर

Link copied successfully