बाबुराम भट्टराई भन्छन् : पुराना दलहरू सुध्रिने अवस्था छैन, नयाँ शक्तिसँग सहकार्य गर्छौं

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Baburam Bhattarai says: There is no improvement in old parties, we cooperate with new forces

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् । बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए ।

'पुरानाहरूसँगको सहकार्य सफल र उपयोगी भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ,' उनले भने । अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानूकल राजनीति गर्न युवाहरूलाई आग्रह गरे । 

कान्तिपुर

Link copied successfully