काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाको विचार सभा सुरु भएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेसपा अध्यक्ष महिन्द्र यादवले सम्बोधन गर्दैछन् ।
सरकारविरुद्ध सडक मोर्चाका रूपमा चार दल मिलेर सभा आयोजना गरेका हुन् ।
