समाजवादी मोर्चालाई अझै ध्रुवीकरण गर्नुपर्छ : अध्यक्ष यादव 

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Samajwadi Morcha should be further polarized: President Yadav

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चालाई ध्रुवीकरण गरेर जानुपर्ने बताएका छन् ।

‘नेपालका राजनीतिक पार्टीहरूको नेतृत्वसँग अग्रगामी सोच चिन्तन भएका नेताले एक पटक आँट गर्नुपर्छ । मोर्चालाई ध्रुवीकरण सम्भव हुन्छ कि हुँदैन ? यो आवश्यकता हो,’ उनले समाजवादी मोर्चाको विचारसभामा भने, ‘देशमा कम्युनिस्ट विभाजनले समाजवादी व्यवस्था अँगाल्ने जनताहरूको बारेमा मोर्चाले सोच्नेबेला आएको छ ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई रातारात हटाएर दुई दलीय व्यवस्थ मिलेर अघि बढेको आरोप लगाए ।

कान्तिपुर संवाददाता

Link copied successfully