प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने 

माघ १५, २०८१

कान्तिपुर संवाददाता

The top leader of the party will address the first meeting of the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ १८ देखि सुरु हुन लागेको हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका पारित गरेको हो । 

कार्यव्यवस्था महाशाखा प्रमुख तथा संसद्का प्रवक्ता एकराम गिरीले प्रत्येक राजनीतिक दलबाट पहिलो बैठकमा सम्बोधन हुने कार्यतालिका पारित भएको जानकारी दिए । 

पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको तर निश्चित भइनसकेको बताइएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले पहिलो बैठकमा सम्बोधन गर्न इच्छा राखेको जानकारी दिए । 

पहिलो दिनको बैठकमा अध्यादेश पेस हुने, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन हुने र राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका पारित भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully