गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Courtesy call of Additional Secretary, Ministry of External Affairs of India with Home Minister

काठमाडौँ — गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले  शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय,  कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी  निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए । 

कान्तिपुर

Link copied successfully