एमालेले बोलायो संसदीय दलको बैठक 

माघ १३, २०८१

कान्तिपुर संवाददाता

UML called a parliamentary party meeting

काठमाडौँ — एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।

मुख्य सचेतक बर्तौलाले  बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए । 

कान्तिपुर

Link copied successfully