युवा संघद्वारा प्रेरक व्यक्तिहरुलाई सम्मान

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Honorable Mentors by Yuva Sangh

काठमाडौँ — राष्ट्रिय युवा संघ नेपालले नेपाली समुदायमा आशा जगाइरहेका प्रेरक व्यक्तिहरुलाई सम्मान गरेको छ । युवा संघले पारस खड्का, शिशिर पछाई, पलेशा गोबर्धन र अस्कर अलीलाई सम्मान गरेको हो ।

काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा उक्त सम्मान प्रदान गरिएको थियो । यो भेलामा देशभरका  १५०० प्रतिनिधि उपस्थित थिए ।

संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले पछिल्लो समयमा नेपाली समाजमा योजनाबद्ध रुपमा निराशाको खेती चलाइरहेको भन्दै नेपालमा सम्भव छ, गर्न सकिन्छ र युवाले नै पहलकदमी गर्ने हो भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने सिर्जनशील व्यक्तित्वहरूलाई सम्मान गरिएको बताए ।

कान्तिपुर

Link copied successfully