काठमाडौँ — सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संस्द भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा संसद्मा एक आवाजमा पार्टीका सांसदहरू प्रस्तुत हुने बारेमा छलफल हुने बताइएको छ । साथै सरकारले ल्याएको अध्यादेश, संविधान संशोधनलगायतका बारेमा छलफल हुनेछ । 
