काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने भएको छ ।
कांग्रेसले आउँदो माघ १६ र १७ मा 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने भएको हो । कांग्रेसले शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने विश्वास व्यक्त गरिन् । उनले युवाहरूलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताइन् । सम्मेलनमा युवाहरूलाई बढी जोडिने जनकारी दिइन् ।
थपलियाले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
