बैतडी — सिगास गाउँपालिका–१ माँडौमा शनिबार बिहान जीप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डडेल्धुरा अस्पतालमा उपचारका लागि लगिएका सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य चार जना गम्भीर घाइतेहरूको अहिले पनि उपचार भइरहेको छ ।
