काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अस्थिरता मच्चाउने तत्व सक्रिय भएको बताए ।
‘सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्नुस्,’ उनले भने, ‘नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्छ ।’
त्यस्तै ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको पनि शुक्रबार भर्चुअल रूपमा उद्घाटन गरे ।
