सगरमाथाको सलामी दस्तुर १५ हजार डलर पुर्‍याइयो 

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Salary fee of Everest was raised to 15 thousand dollars

काठमाडौँ — सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्‍याएको छ । 

पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पुर्‍याइएको हो । 

‘हिमाल आरोहणमा विदेशी, स्वदेशीले तिर्ने सलामी दस्तुरहरू हेरफेर भएका छन्,’ महानिर्देशक रेग्मीले भने, ‘यसबाहेक आरोहणदलमा संलग्न हुने कामदारहरूको सुरक्षा, बिमालगायतका विषयमा पनि नियम संशोधन भएका छन् । मन्त्रिपरिषद्ले पारित गरेको नियमावली केही दिनमा राजपत्रमा प्रकाशित हुने छ ।’ 

नेपालले ८ हजार अग्ला ८ वटा हिमालसहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।

कान्तिपुर

Link copied successfully