काठमाडौँ — फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कपको तेस्रो संस्करणका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी म्याक्समार्फत हुने भएको छ । शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का सीईओ महेश स्वाँर र आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
कान्तिपुर टिभी म्याक्सले यसघिको दोस्रो केपी ओली कपको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । नकआउट शैलीमा हुने यो प्रतियोगिताको सुरुआती खेल र क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
तेस्रो संस्करणमा १० फुटबल टिमहरूबीच प्रतिस्पर्धा हुनेछ ।
