खाद्य सम्प्रभुताको आधिकार प्रदान गर्न राष्ट्रिय संवाद आयोजना

माघ १०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रामीण पुनर्निर्माण नेपालले खाद्य र खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी राष्ट्रिय संवादको आयोजना गरेको छ । संस्थाले खाद्य सम्प्रभुताको लागि जलवायु उत्थानशील, लैंगिक उत्तरदायी र समावेशी खाद्य प्रणाली निर्माण गर्ने प्रतिबद्धताका साथ उक्त संवाद आयोजना गरिएको जनाएको छ । 

राष्ट्रिय किसान समूह महासंघ, एलडीसी वाच, एफआईएएन नेपाल, एसएएपीईको सहकार्यमा ग्रामीण नेपालले बिहीबार राजधानीमा उक्त कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न जलवायु परिवर्तन र आर्थिक असमानता प्रमुख चुनौती बनेको उल्लेख गरेका थिए । 

कार्यक्रमले खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन, २०८१ लाई कार्यान्वयन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मिल्ने समावेशी र लचिलो खाद्य प्रणाली निर्माण गर्न प्रणालीगत सुधारको आवश्यकतामाथि प्रकाश पारेको थियो ।

कार्यक्रममा नीति निर्माता, नागरिक समाजका प्रतिनिधि, शिक्षाविद् र विकास साझेदारहरूको उपस्थिति रहेको थियो ।

कान्तिपुर

Link copied successfully