२ सय ५६ किलो गाँजा बरामद

माघ ९, २०८१

नवीन पौडेल

256 kg of marijuana seized

नवलपुर — पूर्वी नवलपरासीमा सशस्त्र प्रहरीले २ क्विन्टल ५६ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका-१० पितौजीबाट भारतीय सवारी साधनमा गाँजा लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म पितौजीका डीएसपी विनोद कार्कीका अनुसार भारतीय नम्बर प्लेट जे एच ०२यु ७०५० नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो । गाँजासहित पक्राउ पर्नेमा सोही ट्रकका चालक भारत उत्तर प्रदेश अलिगढका ४० वर्षका पुस्कल यादव रहेका छ्न् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully