सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

माघ ८, २०८१

नुमा थाम्सुहाङ

Prime Minister Oli's announcement to organize Everest Dialogue from 2nd to 4th May

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् । 

घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा सहभागी हुन  अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई आग्रह गरेका छन् । 

घोषणा समारोहमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूतहरू, सरोकारवाला निकायहरू र जलवायु परिवर्तन विज्ञहरू उपस्थित थिए । 

Prime Minister Oli's announcement to organize Everest Dialogue from 2nd to 4th May२०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ कारणले रोकिएको थियो । जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो । 

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully