संसद्‌मा सशक्त ढंगले प्रस्तुत हुने माओवादीको तयारी

माघ ८, २०८१

कान्तिपुर संवाददाता

Preparation of Maoist to present in Parliament in a strong manner

काठमाडौँ — माओवादी केन्द्रले माघ १८ देखि सुरु हुने संसद्को‌ हिउँदे अधिवेशनमा सशक्त ढंगले प्रस्तुत हुने तयारी गरेकाे छ ।

मंगलबार अपराह्न बसेको पदाधिकारी बैठकमा संसद्‌मा प्रमुख प्रतिपक्ष दलको भूमिकाबारे छलफल भएको छ ।महासचिब देव गुरुङले संसद्‌को बैठकमा सरकारका गलत क्रियाकलापविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनेबारे छलफल भएको बताए ।

‘संसद‍्को हिउँदे अधिवशेनमा सशक्त ढंगले प्रस्तुत हुनेबारे छलफल भयो,’ उनले भने, ‘सरकार अध्यादेश ल्याएर गलत काम गरेको र अब बस्ने संसद‍्को बैठकमा त्यसको सशक्त विरोध गर्ने कुरा भएको छ ।’

माओवादी केन्द्रले सरकारले स‌ंसद् बैठककाे मुखमा अध्यादेश ल्याएर स्वेच्छाचारी कदम चालेकाे आराेप लगाउँदै आएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार माघ १८ देखि संसद‍्को दुवै सदनको बैठक आह्वान गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully