राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दल दर्ता प्रमाणपत्र

माघ ८, २०८१

कान्तिपुर संवाददाता

Party registration certificate for Rashtriya Mukti Party Nepal

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।  

आयोगले मंगलबार केन्द्रीय सदस्य केशव झालाई 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' नाम उल्लेख गरिएको प्रमाणपत्र दिएको हो । उक्त दलको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् । 

पार्टीको चुनाव चिह्नका रूपमा ग्यास सिलिण्डर, गाढा नीलो रंगको आयाताकार झन्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डासमेत प्रदान गरिएको छ । 

स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने अध्यक्ष महतोले बताएका छन् ।

कान्तिपुर

Link copied successfully