सरकार परिवर्तनको हल्ला मात्र : सांसद कोइराला

माघ ८, २०८१

नवीन पौडेल

Only rumors of change of government: MP Koirala

नवलपुर — नेपाली कांग्रेसका संघीय सांसद शशांक कोइरालाले सरकार परिवर्तनको हल्ला मात्र भएको बताएका छ्न् । अहिले सरकार स्थिर सरकार भएकाले परिवर्तन हुने हल्लाको पछाडि नलाग्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । कांग्रेसले मुलुकमा अप्ठ्यारो परिस्थिति आउँदा जिम्मेवारी लिने गरेको भन्दै सबैलाई साथमा लिएर अगाडि बढ्ने बताए । 

सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेताहरुकै कारण मुलुकले आवश्यकअनुसार विकासको गतिमा दौडन नसकेको बताए । उनले चीनले आफ्‌नो देशमा एक दिनमा दशौं किलोमिटर सडक बनाउने, सय फ्‌ल्याटको विल्डिङ बनाउँछ तर नारायणगढ-बुटवल सडक बनाउन हेलचेक्र्याइँ गर्नुमा पनि नेताहरुकै अक्षमताको परिणाम भएको जिकिर गरे ।

विशेषगरी तीन दलका नेताहरु देउवा, ओली र प्रचण्डले अब देशको बिग्रँदो परिस्थितिको जिम्मा लिनुपर्ने भण्डारीको भनाइ थियो । अन्तरसंवादमा कार्यकर्ताले पार्टीको आगामी नीतिबारे प्रश्न गरेका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully