लेखा समितिमा परेका ९५ उजुरी अध्ययन गर्न उपसमिति गठन

माघ ८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । लेखा समितिको मंगलबारको बैठकले कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । 

उपसमितिमा कांग्रेसका २, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद सदस्य राखिएको छ । समिति सभापति ऋषिकेश पोखरेलले उजुरीका सम्बन्धमा अध्ययन गर्नका लागि सात दिनको समय दिएर उपसमिति गठन गरिएको जानकारी दिए । 

समितिमा संयोजक गौतम, सदस्यहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह रहेका छन् । 

लेखा समितिमा हालसम्म ९५ उजुरी परेका छन् । ती उजुरीमाथि अध्ययन गर्नका लागि उपसमिति गठन गरिएको हो । उपसितिले उजुरीहरूको कार्यक्षेत्र, समयसीमा र अन्य समितिमा छलफलमा रहेका विषयमा अध्ययन गर्नेछ । 

कान्तिपुर

Link copied successfully