आजको मौसम : देशभर आंशिक बदली

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Today's Weather: Partly cloudy across the country

काठमाडौँ — पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको   छ ।  सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जानकारी दिए ।

यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ । भोलि शुक्रबारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully