विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

माघ २, २०८१

कान्तिपुर संवाददाता

The meeting of the opposition parties continues at Singha Durbar

काठमाडौँ — सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

सरकारले 'थ्रेसहोल्ड' बढाउने गरी कानून संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानूनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू एकै ठाउँमा जुटेका हुन् । 

बैठकले सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । केहीबेर अघिदेखि जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

कान्तिपुर

Link copied successfully