काठमाडौँ — माघी एवं माघे संक्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी उपस्थित छन् ।
त्यस्तै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । उनले परम्परागत रूपमा प्राचीन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्त्व रहेको बताए ।
