पत्रकार महासंघले प्रधानमन्त्री ओलीलाई बुझायो ७ बुँदे ध्यानाकर्षण पत्र

'श्रमजीवी पत्रकार ऐन जारी भएको तीन दशक हुँदा समेत ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा प्राप्तिका लागि महासंघ निरन्तर आन्दोलित हुनु परिरहेको छ । अधिकांश पत्रकारले काम गरेको पारिश्रमिकसमेत नियमित नपाउने लज्जास्पद अवस्थामा हामी छौं ।'

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Federation of Journalists submitted a 7-point attention letter to Prime Minister Oli

काठमाडौँ — नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याहरू समाधानका लागि आज ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बालुवाटारस्थित सरकारी निवासमा भेटेर प्रधानमन्त्री ओलीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री ओलीले महासंघको मागमा ध्यानाकर्षण भएको भएको मागहरूलाई गहन रुपमा अध्ययन गरी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

ध्यानाकर्षण पत्रमा श्रमजीवी पत्रकार ऐन जारी भएको तीन दशक हुँदा समेत ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा प्राप्तिका लागि महासंघ निरन्तर आन्दोलित हुनु परेको उल्लेख छ । 'अधिकांश पत्रकारले काम गरेको पारिश्रमिकसमेत नियमित नपाउने लज्जास्पद अवस्थामा हामी छौं । राज्यले निर्माण गरेका कानुन कार्यान्वयनमा सरकार चुकिरहेको देखिन्छ । अतः सञ्चार क्षेत्रमा श्रम अधिकार सुनिश्चितताका लागि स्वायक्त, स्वतन्त्र र शक्तिशाली प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न महासंघ पुनः गम्भीर ध्यनाकर्षण गराउँछ,' ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

यस्तो छ महासंघले प्रधानमन्त्रीलाई गराएको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

Link copied successfully