कांग्रेस केन्द्रीय सदस्य शाहलाई  पितृशोक

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Condolences to Congress central member Shah

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका बुवा जगतबहादुर शाहको निधन भएको छ । १०२ वर्षीय शाहको शनिबार बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।

शनिबारै पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको शाहका छोरा राजेन्द्रबहादुर शाहले बताए । निवासमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले शाहको पार्थिव शरीरमाथि कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको उनले बताए । समाजसेवी शाहका ४ छोरा र ५ छोरी छन् । 

कान्तिपुर

Link copied successfully