कानुनमन्त्री र मुख्य सचिव लिएर राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli reached the presidential residence with the law minister and the chief secretary

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यद्यपि भेटका विस्तृतका के कुरा भयो भन्नेबारे भने प्रधानमन्त्री ओलीको सचिवालयले केही खुलाएको छैन । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकसमेत बस्दै छ । 

Prime Minister Oli reached the presidential residence with the law minister and the chief secretaryतस्बिरहरू : रासस

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,  मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूलाई समेत लगेका थिए । 

कान्तिपुर

Link copied successfully