काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ । समिति सदस्य शिशिर खनालको संयोजकत्वमा उपसिमिति गठन गरिएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकले रास्वपाका सांसद खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमालेका सांसद सुनिता बराल, माओवादी सांसद छिरि ल्हामु लामा (तामाङ) सदस्य रहेका छन् ।
'नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्ने' कार्यादेशसहित उपसमिति गठन गरिएको हो ।
