एक वर्षपछि महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

अध्यक्ष दाहालको प्रतिवेदन पारित

पुस २३, २०८१

कान्तिपुर संवाददाता

The decision of the Maoist Center to hold the convention after one year

काठमाडौँ — माओवादी केन्द्रीय समिति बैठकले पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै माओवादीले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने समय तय गरेको हो ।

‘६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्षले घोषणा गर्नुभयो,’ दाहालको सचिवालयले जनाएको छ, ‘अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने छ ।’

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully