मैले एमाले छोडेको छैन : लेखराज भट्ट

पुस २३, २०८१

कान्तिपुर संवाददाता

I have not left UML: Lekhraj Bhatt

काठमाडौँ — लेखराज भट्टले आफू एमालेमै रहेको बताएका छन् । सामाजिक सञ्जालमा एमाले सचिव भट्टले पार्टी परित्याग गरे‍को भनेर चर्चा भएपछि भट्टले आफू एमालेमै रहेको प्रस्ट पारेका हुन् । 

मंगलबार एमालेका सचिव भट्टले पार्टी परित्याग गरेको भनी सामाजिक संजालमा सन्देश प्रवाह भएको छ । ती विषयमा आफू पनि जानकार रहेको भन्दै भट्टले आफू केन्द्रीय समिति बैठकमा पूर्ण सहभागी भएको र पार्टीमा नै रहेको बताए । 'मैले एमाले छोडेको भनेर सामाजिक संजालमा लेखेको देखेँ । म केन्द्रीय समिति बैठकबाट फर्किएपछि त्यस्तो लेखेको देखेँ,' उनले भने । 

सामाजिक संजालमा आफ्ना विषयमा भ्रमपूर्ण सन्देश लेखिएको भट्टको भनाइ छ । 'यथार्थ कुरो के हो भन्ने कुरा सम्बन्धित व्यक्तिलाई बुझेर लेख्ने गरे हुन्थ्यो, सामाजिक संजालमा भ्रम फैलाइयो,' उनले भने, 'म केन्द्रीय समितिमा सहभागी भएका भिडियो फुटेज आइरहेको देख्नुभएको होला ।'

कान्तिपुर संवाददाता

Link copied successfully