रास्वपाले गर्‍यो 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन

पुस २१, २०८१

कान्तिपुर संवाददाता

RSVP constituted a 'Constitution Amendment Suggestion Task Force'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ । यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्‍‍सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने पार्टीले जनाएको छ ।  । 

कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन् । साथै यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।

कान्तिपुर

Link copied successfully