प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

पुस १८, २०८१

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and former President Bhandari

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । 

करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully