शेरा दरबारको जग्गा कानुनविपरीत व्यक्ति र कम्पनीका नाममा गएको भए फिर्ता हुन्छ : गृहमन्त्री 

पुस १८, २०८१

कान्तिपुर संवाददाता

If the land of Shera Darbar goes to the names of individuals and companies against the law, it will be returned: Home Minister

काठमाडौँ — नुवाकोटको शेरा दरबारको जग्गा र त्यसले चर्चेको जग्गा कानुनविपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा लेखकले उक्त कुरा बताएका हुन् ।

सरकारले कुनै पनि गैरकानुनी काम-कारबाही गर्न नदिने गृहमन्त्री लेखकको भनाइ थियो । 'समितिमा शेरा दरबारको जग्गासम्बन्धी विषय उठेको छ । हामीले विधेयकमा छलफल गरिरहेका बेलामा यो विषयमा पनि सरकारले नै जवाफ दिनुपर्छ भन्ने विषय उठेपछि जवाफ दिनुपर्ने भयो,' समितिमा गृहमन्त्री लेखकले भने, 'यस विषयमा अनुसन्धान हुन्छ र कानुनबमोजिम कारबाही अगाडि बढ्छ । शेरा दरबारको त्यो जग्गा गलत ढंगले कसै व्यक्ति वा कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ ।'

गृहमन्त्री लेखकले उक्त जग्गाको सम्बन्धमा गम्भीर छानबिन र अनुसन्धान हुने पनि बताएका छन् ।  

कान्तिपुर

Link copied successfully