प्रतिनिधिसभाका सचिव हर्कराज राईले लिए शपथ

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Secretary of the House of Representatives Harkaraj Rai took the oath

काठमाडौँ — प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

Secretary of the House of Representatives Harkaraj Rai took the oathसभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए । नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए । 

कान्तिपुर

Link copied successfully